व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावर छिरे कारबाही गर्ने विभागको चेतावनी
सारांश
- वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएको छ।
- व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले अनलाइन आवेदन दिनुपर्ने र बिचौलियाको भूमिका स्वीकार्य नहुने विभागले स्पष्ट पारेको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो।
हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट श्रम स्वीकृति दिने व्यवस्था छ । जसअनुसार संस्थागत श्रम स्वीकृतिको काम इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूले गर्छन् भने व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफईआईएमएस) मार्फत अनलाइन आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ। तर, पछिल्लो समय व्यक्तिगत प्रक्रियामा पनि म्यानपावर र एजेन्टहरूले हस्तक्षेप गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको विभागको ठहर छ।
विभागले व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै खाताबाट अनलाइन आवेदन दिनुपर्ने र यसमा कुनै पनि संस्था वा प्रतिनिधिको संलग्नता आवश्यक नपर्ने प्रष्ट पारेको छ। यदि कसैले व्यक्तिगत श्रम स्वीकृतिको काममा संस्थागत संलग्नता देखाएमा वा बिचौलियाको भूमिका खेलेमा वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार कडा कारबाही गरिने विभागका शाखा अधिकृतले जानकारी दिएका छन्।
विभागले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका सबै नागरिकलाई आफ्नै पहलमा अनलाइन आवेदन दिन र कुनै पनि अनाधिकृत व्यक्ति वा संस्थाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। साथै, इजाजतपत्र प्राप्त संस्थाहरूलाई पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा हात नहाल्न सचेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण