ठाकुरलाई उपसभामुख बनाउँदा जेनजी र युवाको सम्मान हुन्छ : डा. अमरेशकुमार सिंह
शुक्रबार, २७ चैत २०८२, १७ : ११
सारांश
- सांसद डा. अमरेशकुमार सिंहले रुवी कुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गर्दा जेनजी र युवा वर्गको सम्मान हुने बताएका छन्।
- रास्वपाले परिवर्तनलाई कामबाट देखाउनका लागि जेनजी समूहकी ठाकुरलाई उपसभामुख बनाउन समर्थन गरेको हो।
- ठाकुर निर्वाचित भएमा उनी विश्वकै कान्छी उपसभामुख हुने दाबी गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले रुवी कुमारी ठाकुरलाई जेनजी, मधेसी, महिला र मधेसको पिछडिएको समुदायको भएकाले रास्वपाले समर्थन गरेको बताएका छन् ।
प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन अघि रास्वपाका तर्फबाट शुक्रबार संसद् बैठकमा धारणा राख्दै ठाकुरलाई निर्वाचित गरेपछि जेनजी र युवाको सम्मान हुने बताए ।
रास्वपाले परिवर्तन बोलीले नभई कामले देखाउन चाहेर जेनजी समूहकी ठाकुरलाई उपसभामुखमा समर्थन गरेको बताए।
उनले ठाकुर उपसभामुख भएपछि विश्वकै कान्छी उपसभामुख हुने बताए ।
मधेसमा रास्वपालाई जनताले दिएको मतको सम्मानका लागि पनि ठाकुरलाई समर्थन गरिएको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण