ठाकुरलाई उपसभामुखको उम्मेदवार किन बनाइयो ? हर्कले दिए प्रष्टीकरण
शुक्रबार, २७ चैत २०८२, १७ : ४२
१
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जेनजी आन्दोलनलाई सम्बोधन गर्न रुवी कुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको बताएका छन्।
- सांसद राईले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अपमान नगर्न र मर्यादित व्यवहार गर्न अन्य सांसदहरूलाई आग्रह गरेका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जेनजी आन्दोलनको सम्बोधन गर्न जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभामा उपसभामुखको उम्मेदवारबारे धारणा राख्दै सांसद राईले भने, ‘हाम्रा उम्मेदवार जेनजी हुनुहुन्छ । अहिले यो अवस्था जेनजी आन्दोलनका कारण आएकाले उहाँलाई उम्मेदवार बनाएका हौँ ।’
राईले जनताबाट निर्वाचित भएर आएकाहरूलाई होच्याउने काम नगर्न पनि उनले सांसदहरूलाई आग्रह गरे।
उनले भने, ‘जनताबाट निर्वाचित भएर आएकाले कसले कसलाई के भनेको थियो, कस्तो मर्यादा राख्छ त्यो हामीलाई थाहा हुन्छ । कोही माननीयले रुवी बहिनी भनेको पाइयो, त्यो खारेज गर्न माग गर्दछु । ज्येष्ठ नागरिकलाई अपमान गरेको पनि पाइयो, त्यसो गर्न हुँदैन । ज्येष्ठ उमेरलाई अपमान गर्ने छैनौँ भन्ने आशा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण