अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र चिनियाँ राजदूत झाङ माओमिङबिच भेटवार्ता
सारांश
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र चिनियाँ राजदूत झाङ माओमिङबिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
- उनीहरूले बैङ्किङ, कनेक्टिभिटी, पर्यटन र आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन् ।
- दुवै पक्षले नेपाल-चीन सम्बन्धलाई अझ व्यावहारिक र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङबिच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबिचको आर्थिक तथा कूटनैतिक सम्बन्धका विविध आयामका बारेमा छलफल भएको चिनियाँ राजदूत झाङ माओमिङले जनाएका छन् ।
अर्थमन्त्री र राजदूतबिच भएको भेटमा बैङ्किङ क्षेत्र, कनेक्टिभिटी (सञ्जाल विस्तार), पर्यटन र पछिल्लो समय विकसित आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र चीनबिचको कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई व्यावहारिक, कुशल र दिगो विकासको बाटोमा अगाडि बढाउने साझा प्रतिबद्धता भएको छ ।
राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत भेटघाट निकै फलदायी रहेको बताउँदै भनेका छन्, ‘हामीले बैङ्किङ, कनेक्टिभिटी, पर्यटन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रमा सहकार्य गर्ने विषयमा अर्थपूर्ण छलफल गर्यौँ। नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक र दिगो बनाउन हामी प्रतिबद्ध छौँ।’
भेटले आगामी दिनमा नेपालको डिजिटल पूर्वाधार र आर्थिक विकासमा चिनियाँ सहयोग र लगानीलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण