मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

शनिबार, २८ चैत २०८२, १७ : ४७
शनिबार, २८ चैत २०८२

काठमाडौँ ।  गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट निर्वाचित भएका छन् । विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटनको विकासमा योगदान पु-याएको छ ।

भिटोफले गाउँ पर्यटन मार्ट, सगरमाथा दिवस, रोपाईँजात्रा महोत्सव, होमस्टे तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप