शनिबार दुई अमेरिकी युद्धपोत ‘स्ट्रेट अफ हर्मुज’ बाट पार
काठमाडौँ । अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक हर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएकाे जनाएकाे छ ।
अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ मा कुनै समस्या नभोगीकन उक्त जलडमरू मार्गबाट युद्धपोत पार गरेको ‘द वाल स्ट्रिट जर्नल’ले तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।
ढुवानीका क्रममा तेहरानका अधिकारीसँग समन्वय नगरिएको उक्त अमेरिकी सञ्चार माध्यमले जनाएको छ । “हामी अब ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हटाउने प्रक्रिया सुरु गर्दैछौँ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छन्, “यो चीन, जापान र फ्रान्स जस्ता देशहरूका लागि ‘उपकार’ हो । उनीहरूसँग यो काम आफैं गर्ने साहस वा इच्छाशक्ति छैन।”
उनले द्वन्द्वमा इरानले ‘ठूलो घाटा व्यहोरेको’ समेत बताएका छन् । राष्ट्रपति ट्रम्पले रणनीतिक जलडमरु भनिने हर्मुज घाँटीमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरेका छन् ।
ट्रम्पले लेखेका छन, “अझै पनि साँघुरो समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण हुन सक्ने खतरा छ।” एएफपीले उक्त रिपोर्टबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा अन्य अमेरिकी अधिकारीहरूले तत्काल प्रतिक्रिया दिएका छैनन्।
संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी गर्न थालेपछि तेहरानले इरानको तटमा उसका शत्रुहका लागि मुख्य मार्ग लगभग अवरुद्ध गरेको छ, यद्यपि स्ट्रेट पुनः खोल्नु शनिबारदेखि सुरु भएको युद्धविराम वार्तामा राखिएको प्रमुख सर्त रहेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वलाई हिंसामा परिणत गरेको र विश्व अर्थतन्त्रलाई स्तब्ध पारेको द्वन्द्व अन्त्य गर्ने प्रयासमा इरानी र अमेरिकी अधिकारीहरूले शनिबार पाकिस्तानमा वार्ता सुरु गरेका छन्।
यसअघिको एक पोस्टमा राष्ट्रपति ट्रम्पले विश्वभरबाट ‘खाली ट्याङ्करहरू तेल किन्नका लागि’ अमेरिका गइरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण