जुम्लामा शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक
शनिबार, २८ चैत २०८२, २२ : ४३
जुम्ला । जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।
विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।
जिल्लाका अरु स्थानीय तहले विद्यालयमा पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको गाउँपालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण