अविश्वास र शंकाबिच वार्ता सम्पन्न : इरानी विदेश मन्त्रालय
आइतबार, २९ चैत २०८२, १३ : ३०
सारांश
- इरानको विदेश मन्त्रालयले पाकिस्तानमा सम्पन्न शान्ति वार्ता अविश्वास र शंकाको वातावरणमा भएको जनाएको छ।
- अमेरिका र इरानबिच पहिलो चरणमै सहमति हुने अपेक्षा नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
- वार्ता निष्कर्षमा नपुगे पनि कूटनीतिक प्रयास जारी रहने सङ्केत मन्त्रालयले दिएको छ।
तेहरान । इरानको विदेश मन्त्रालयले पाकिस्तानको इस्लामावादमा सम्पन्न शान्ति वार्ता अविश्वास, शंका र सन्देहले भरिएको वातावरणमा भएको जनाएको छ । अमेरिका र इरानबिच पहिलो चरणमै सहमति हुने अपेक्षा कहिल्यै नगरिएको पनि मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता स्माइल बाघाईले स्टुडेन्ट न्युज नेटवर्क सँगको कुराकानीमा भने, ‘सुरुदेखि नै एउटै बैठकमा सहमति हुन्छ भन्ने अपेक्षा गर्नु उचित थिएन । यस्तो अपेक्षा कसैले पनि गरेको थिएन ।’
बाघाईका अनुसार ४० दिनभन्दा बढी समय चलेको ‘थोपरिएको युद्ध’ र हालै लागू भएको युद्धविरामपछि वार्ता भएकोले वातावरण सहज थिएन । यसअघि उनले अमेरिकालाई ‘अत्यधिक माग’ नराख्न आग्रह पनि गरेका थिए ।
वार्ता निष्कर्षमा नपुगे पनि उनले कूटनीतिक प्रयास जारी रहने सङ्केत दिएका छन् । ‘कूटनीति कहिल्यै अन्त्य हुँदैन, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण