सम्पत्ति विवरण सार्वजनिक
अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा, १ लाख कित्ता भन्दा बढी सेयर
आइतबार, २९ चैत २०८२, १९ : ३८
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न ९ ठाउँमा जग्गा रहेको छ।
- मन्त्री वाग्लेसँग ४५ तोला सुन र विभिन्न कम्पनीमा गरी १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात छ।
- उनको स्वामित्वमा झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र ५ करोड ५० लाख रुपैयाँ बराबरको अन्य सेयर रहेको छ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो।
विवरण अनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।
त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ।
उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ।
त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।
यस्ताे छ सम्पत्ति विवरण




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण