शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक

सोमबार, ३० चैत २०८२, १२ : २०
सोमबार, ३० चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले बुधवार दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ।
  • बैठकमा समसामयिक राजनीति, संसदीय दलको नेता चयन प्रक्रिया र १५ औँ महाधिवेशनको तयारीबारे छलफल हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।

कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप