कुनै पनि धम्की सामु झुक्दैनौँ : इरान
सारांश
- अमेरिकाको कुनै पनि धम्की वा दबाबका सामु आफू नझुक्ने इरानले स्पष्ट पारेको छ।
- इरानी नौसेनाले स्ट्रेट अफ होर्मुजमा आउने कुनै पनि सैन्य जहाजलाई कडा रूपमा सामना गर्ने चेतावनी दिएको छ।
तेहरान । अमेरिकाको कुनै पनि धम्कीसामु आफू नझुक्ने इरानले बताएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि सोको कडा प्रतिक्रियामा इरानले आफू कुनै पनि दबाब वा धम्कीको सामु नझुक्ने स्पष्ट पारेको हो ।
इरान र अमेरिकाबिच पाकिस्तानमा भएका शान्ति वार्ताहरू लगभग सहमति नजिक पुगेका थिए । तर त्यसपछि अमेरिकाले अत्यधिक माग, लक्ष्य परिवर्तन र नाकाबन्दीको नीति अपनाएको उनले आरोप लगाए ।
यसैबिच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी निर्णयप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘अहिले इन्धनको मूल्यको मजा लिनुहोस् । तथाकथित ‘नाकाबन्दी’ पछि तपाईंहरू ४ डलर–५ डलरको पेट्रोल मूल्यलाई सम्झनुहुनेछ ।’
उनले यसअघि पनि एक वक्तव्यमा इरानले कुनै पनि धम्कीको सामु नझुक्ने बताएका थिए । अर्कोतर्फ, ट्रम्पले स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने वा बाहिरिने ‘जुनसुकै जहाज’ लाई नाकाबन्दी गर्ने चेतावनी दिएपछि इरानी नौसेनाले पनि कडा प्रतिक्रिया दिएको छ ।
इरानी नौसेनाले उक्त जलमार्ग नजिक आउने कुनै पनि सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ । विश्लेषकहरूका अनुसार होर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण