‘हामी तीन भाइ’ को दुई साताको कमाई जम्मा ७ लाख
सारांश
- फिल्म 'हामी तीन भाइ' ले प्रदर्शनको दुई सातामा कुल ७ लाख २९ हजार ८०५ रुपैयाँ कमाइ गरेको छ।
- चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यस अवधिमा फिल्मका २ हजार ७६८ वटा टिकट बिक्री भएका छन्।
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’ ले दोस्रो सातासम्म जम्मा ७ लाख व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ७ लाख २९ हजार ८०५ रहेको छ । यो अवधिमा फिल्मको टिकट २ हजार ७६८ वटा बिक्री भएको छ ।
चैत्र १३ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको थियो । तर फिल्मको व्यवसाय भने न्यून छ । सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार (विकास चापागाईँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।
फिल्म मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण