सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

अपराजित राजस्थानको सामना गर्दै संघर्षरत सनराइजर्स

हेड-टु-हेडमा भने हैदरावाद अगाडि
सोमबार, ३० चैत २०८२, १८ : ००
सोमबार, ३० चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिगको २१औँ खेलमा आज अपराजित राजस्थान रोयल्स र संघर्षरत सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ।
  • राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा हुने यस खेलमा राजस्थान आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ।
  • हैदरावादको टोली यस सिजनमा आफ्नो प्रदर्शनमा सुधार गर्दै पहिलो जितको खोजीमा रहेको छ।

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजनको २१औँ खेलमा आज सनराइजर्स हैदरावादको सामना राजस्थान रोयल्ससँग हुँदैछ। यो खेल हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेसनल स्टेडियममा बेलुका ७:४५ बजेबाट सुरु हुनेछ।

हैदरावाद र राजस्थानबिच यो सिजनको पहिलो भिडन्त हुनेछ। दुवै टोलीका लागि आजको खेल यस सिजनको पाँचौँ खेल हुनेछ। राजस्थान रोयल्सले यस सिजन अहिलेसम्म एउटा पनि खेल हारेको छैन। 

लगातार ४ खेल जितेर टोली अङ्क तालिकाको शीर्ष स्थानमा छ। अर्कोतर्फ, सनराइजर्स हैदरावादले ४ मध्ये केवल १ खेल मात्र जित्न सकेको छ भने ३ खेलमा हार बेहोरिसकेको छ।

  • हेड-टु-हेडमा हैदरावाद अगाडि

हेड-टु-हेडको तथ्याङ्क हेर्दा हैदरावाद अगाडि छ। यी दुई टोलीबिच हालसम्म कुल २१ वटा आईपीएल खेल भएका छन्। जसमध्ये १२ खेलमा हैदरावाद र ९ खेलमा राजस्थानले जित हात पारेको छ। हैदरावादको मैदानमा दुई टोलीबिच कुल ६ खेल भएका छन्, जसमा ५ खेल हैदरावादले जितेको छ भने १ खेल मात्र राजस्थानले जितेको छ। 

राजस्थानले हैदरावादविरुद्ध पछिल्लो जित २०२३ को सिजनमा हात पारेको थियो। त्यसपछि खेलिएका चारवटै खेलमा हैदरावाद विजयी भएको छ।

  • हैदरावादका लागि क्लासेनको सर्वाधिक रन

यस सिजन हैदरावादका लागि केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ब्याटिङतर्फ हेनरिक क्लासेनले ४ खेलमा २ अर्धशतकसहित १८४ रन बनाएका छन्। क्लासेन यस सिजन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। त्यस्तै, बलिङतर्फ हर्ष दुबेले ४ खेलमा ५ विकेट लिएका छन्।

  • राजस्थानका खेलाडीसँग ओरेन्ज र पर्पल क्याप

यस सिजन हालसम्म ओरेन्ज र पर्पल दुवै क्याप राजस्थानका खेलाडीको कब्जामा छ। वैभव सूर्यवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा २०० रन बनाएका छन्। उनले २ अर्धशतक प्रहार गरेका छन् र उनको स्ट्राइक रेट २६६.६६ रहेको छ, जुन टोलीका लागि ठूलो शक्ति साबित भएको छ। त्यस्तै, बलिङतर्फ रवि बिश्नोईले ४ खेलमा ९ विकेट लिएका छन्।

चर्चामा रहेका खेलाडी 

  • हेनरिक क्लासेन

हेनरिक क्लासेन यस आईपीएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। कोलकाताविरुद्धको अर्धशतक यस प्रतियोगितामा उनको अहिलेसम्मकै उत्कृष्ट इनिङ्स रहेको छ। तर, उनका अन्य इनिङ्स हेर्दा रन बने तापनि ब्याटिङमा गहिरो समस्या देखिन्छ: २२ बलमा ३१ रन, ४१ बलमा ६२ रन र ३३ बलमा ३९ रन। 

Heinrich Klaasen

हैदरावादले यी तीनवटै खेल हारेको छ। टोलीको खराब बलिङका लागि उनलाई दोष दिन मिल्दैन, तर यस सिजन उनको स्ट्राइक रेट १४०.४५ मात्र छ, जुन अघिल्लो सिजन (१७२.६९) को तुलनामा निकै कम हो। पञ्जाबविरुद्धको डेथ ओभरमा उनी टाइमिङ मिलाउन संघर्ष गरिरहेका थिए। सोमबारको खेलमा उनले छिटो रन बनाएर टोलीको खातामा थप १५-२० रन जोड्ने प्रयास गर्नेछन्।

  • रवि बिश्नोई

रवि बिश्नोई गत वर्ष आफ्नो करियरकै सबैभन्दा खराब सिजन बिताएपछि नयाँ टोली राजस्थान रोयल्समा सामेल भएका हुन्। गत सिजन उनले प्रति ओभर १०.८३ को दरले रन खर्चेका थिए र उनको औसत ४४.५५ थियो। 

ravi-bishnoi-rr-bcci-creimas

तर, यसपटक लाइन र लेन्थमा राम्रो नियन्त्रणका साथै खराब बलहरू फ्याँक्न कम गरेपछि उनको इकोनोमी ८.७६ र औसत १२.६६ मा झरेको छ। हैदरावादको पिच आफ्नो वास्तविक गति र बाउन्सका लागि परिचित छ, जसले बिश्नोईको मुख्य हतियार 'तीव्र गतिको गुग्ली' का लागि रोचक परिदृश्य तयार पार्नेछ।

पिच रिपोर्ट

हैदरावादको राजीव गान्धी इन्टरनेसनल स्टेडियमको पिच ब्याटिङमैत्री छ। यहाँ बलरहरूले पनि केही मद्दत पाउँछन्। यस मैदानमा धेरै रन बन्ने खेलहरू देख्न पाइन्छ। 

यस स्टेडियममा हालसम्म ८४ वटा आईपीएल खेलहरू खेलिएका छन्, जसमध्ये ३५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ४८ खेल रन पछ्याउने टोलीले जितेको छ।

  • मौसमको अवस्था

हैदरावादमा अप्रिल १३ को मौसम निकै तातो रहनेछ। खेलको दिन यहाँको तापक्रम २६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। यस दिन वर्षाको कुनै सम्भावना छैन।

दुवै टोलीको सम्भावित प्लेइङ-१२

• सनराइजर्स हैदरावाद: ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन (कप्तान/विकेटकिपर), हेनरिक क्लासेन, सलिल अरोरा, अनिकेत वर्मा, नितिश कुमार रेड्डी, हर्ष दुबे, शिवांग कुमार, हर्षल पटेल, जयदेव उनादकट, ईशान मलिङ्गा। इम्प्याक्ट प्लेयर- विष्णु विनोद।

• राजस्थान रोयल्स: यशस्वी जैसवाल, ध्रुव जुरेल (विकेटकिपर), रियान पराग (कप्तान), शिमरोन हेटमायर, डोनोभान फरेरा, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा, सन्दीप शर्मा, रवि बिश्नोई। इम्प्याक्ट प्लेयर- वैभव सूर्यवंशी।

तथ्याङ्क र रोचक जानकारी

  • यस प्रतियोगितामा अहिलेसम्म हैदरावादको मध्यक्रम (४ देखि ७ नम्बर) ले सर्वाधिक ३७६ रन बनाएको छ। यद्यपि, स्ट्राइक रेटको मामिलामा (१४१.३५) उनीहरू दशवटै टोलीमध्ये सातौँ स्थानमा छन्, जसले खेलको गति बढाउन उनीहरूको असक्षमतालाई प्रस्ट पार्छ।
  • हैदरावादका हेड-अभिषेक र राजस्थानका सूर्यवंशी-जैसवाल यस सिजनका सर्वाधिक छिटो रन बनाउने ओपनिङ जोडीमध्ये क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उनीहरूले क्रिजमा सँगै हुँदा क्रमशः १३ र १२.५ को रन रेटमा रन बनाउने गरेका छन्।
  • सूर्यवंशीसँग पुरुष टी-ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो १००० रन पूरा गर्ने पुरानो कीर्तिमानको बराबरी गर्ने अवसर छ। उनले २२ इनिङ्समा ९०१ रन बनाएका छन्। यो कीर्तिमान २३ इनिङ्सको छ, जुन ब्राड हज र शन मार्सको नाममा छ। टी-ट्वान्टीमा १००० रन पूरा गर्ने हज पहिलो खेलाडी थिए। त्यसयता १००० टी-ट्वान्टी रन बनाएका अन्य १०६१ खेलाडीमध्ये शन मार्सले मात्र २३ इनिङ्समा यो उपलब्धि हासिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप