गरिबको भोट, धनीको शासन : सुदन किराती
सारांश
- नेता सुधन किरातीले मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर कटाक्ष गरेका छन्।
- उनले युवाहरू विदेश पलायन भइरहेको अवस्थामा मन्त्रीहरूको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएका छन्।
- किरातीले कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा जमिन हुनेहरूलाई कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर नेता सुदन किरातीले व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमा ‘गरिबको भोटमाथि धनीको शासन’ शीर्षक दिँदै उनले मन्त्रीहरूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएका हुन्।
किरातीले स्वदेशमा कमाउने अवसर नभएर लाखौँ युवा विदेश पलायन भइरहेको बेला केही व्यक्तिले नेपालमै कसरी यति धेरै सम्पत्ति थुपारे भन्नेमा आश्चर्य प्रकट गरे। उनले एक भुक्तभोगीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘अत्यधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैँले गडबडी गरेको हुनुपर्छ।’
सम्पत्ति विवरण बुझाउँदा नियमअनुसार स्रोत खुल्नुपर्ने उल्लेख गर्दै उनले ती मन्त्रीहरूले राज्यलाई कर तिरेका छन् कि छैनन् भन्दै प्रश्न गरे। किरातीले हदबन्दीभन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुनअनुसार कारबाही गर्न बालेन शाह नेतृत्वको सरकारलाई समेत आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण