सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

महान्यायाधिवक्ता कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

सोमबार, ३० चैत २०८२, १७ : १६
सोमबार, ३० चैत २०८२

सारांश

  • महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
  • वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार उक्त रिट दर्ता गराउनुभएको हो।
  • सर्वोच्च अदालतले उक्त रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकेको छ।

काठमाडाैँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । 

महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।

यसअघि बस्नेतको रिट गत चैत २७ गते सर्वोच्च अदालतका रजिष्ट्रारले दरपीठ गरिदिएका थिए । दरपिठविरुद्ध बस्नेतले सोमबार इजलास समक्ष निवेदन दिएका हुन्। उक्त निवेदनमाथि वैशाख ३ गते सुनुवाइ हुनेछ।

लामो समय बेलायत बसेर आएका कडेलसँग महान्यायाधीवक्ता हुन संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारण गरेको योग्यता नभएको जिकिर बस्नेतले गरेका छन्।

धारा १५७ (३) अनुसार महान्यायाधीवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ। कँडेलसँग १५ वर्ष निरन्तर वकालत गरेको योग्यता नभएको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप