आयल निगमलाई १५ दिनमा झण्डै ८ अर्ब घाटा, ग्यास र डिजेलमा उच्च नोक्सानी
सारांश
- नेपाल आयल निगमले पछिल्लो १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरेको छ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा बिक्री मूल्य समायोजन नहुँदा डिजेल र एलपी ग्यासमा उच्च नोक्सानी देखिएको छ।
- निगमले कठिन परिस्थितिमा पनि इन्धनको आपूर्ति व्यवस्था सहज बनाइराख्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ ।
साेमबार निगमले सार्वजनिक गरेको विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको तर सोही अनुपातमा नेपालमा बिक्री मूल्य समायोजन नहुँदा नोक्सानी चुलिएको हो ।
विशेषगरी डिजेलमा प्रतिलिटर ८७.९९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। त्यसैगरी पेट्रोलमा २.३२ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ घाटामा रहेको छ । यस्तै आन्तरिक हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ भने बाह्यतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ६.५२ रुपैयाँ नाफा रहेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा इन्धनको मूल्यलाई लिएर फैलिएका नकारात्मक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले हालको कठिन परिस्थितिमा पनि आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नासाथ नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गरिने जानकारी दिँदै निगमले उपभोक्ताहरूलाई यथार्थ परिस्थितिलाई बुझिदिन आग्रह गरेको छ। भारी नोक्सानीका बाबजुद पनि उपभोक्ताको हित र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै निगमले आम उपभोक्ताबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण