जर्मन फोटोग्राफर वाल्कुजको फोटो प्रदर्शनी सुरु
काठमाडौँ । ललितपुरस्थित पाटन दरबार परिसरमा जर्मनीका प्रख्यात फोटोग्राफर आन्द्रेज वाल्कुजको मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ।
विश्वभरका मानव मुहारको गहिराइ, भावना र सत्यतालाई कैद गर्ने वाल्कुजको ‘बाबेल’ शीर्षकको श्यामश्वेत फोटो प्रदर्शनी नेपालका लागि जर्मनीका राजदूत उडो युगेन भोल्जले आज पाटन दरबार परिसरमा उद्घाटन गरे ।
नेपालमा जर्मन फोटोग्राफरको फोटो प्रदर्शनी हेर्न पाउनु खुसीको कुरा भएको राजदूत भोल्जले बताए । राजदूत भोल्जले भने, “उहाँले खिच्नुभएको फोटोहरूमा उहाँको आफ्नै कलात्मकपन देखिन्छ, तपाईँहरूले हेरेपछि देख्नुहुन्छ कि कस्तो तरिकाले उहाँले मानिसका भावहरु फोटोमा उतार्नुभएको छ ।”
फोटोग्राफर वाल्कुजलाई नेपालको फोटो छ कि छैन भनेर राजदूतले गरेको प्रश्नमा वाल्कुजले नेपाल निकै सुन्दर र रङ्गीन रहेको बताउँदै ती फोटोहरू अर्कोपटक रङ्गीन तस्वीरसहित प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।
वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले वाल्कुजका फोटोका भावहरू निकै गहन रहेको औँल्याए । पोट्रेट तर श्यामश्वेत फोटोहरूको आफ्नै कलात्मक महत्व रहेको भन्दै उनले विगतमा जर्मन पुगेर त्यहाँ आफूले पनि कला प्रदर्शनी गरेको स्मरण गरे।
फोटोग्राफर वाल्कुजले आफूले जीवनभर मानिसहरू, संस्कृति र कथाहरू अवलोकन गरेर यी फोटोहरू फ्रेममा उतार्न सफल भएको बताए। ललितकला गुठीको आयोजनामा सुरु भएको उक्त फोटो प्रदर्शनी आगामी वैशाख ५ गतेसम्म जारी रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण