मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इक्वालिटी कप क्रिकेट: विराटनगर विजयी

सोमबार, ३० चैत २०८२, २३ : २०
सोमबार, ३० चैत २०८२

मोरङ । विराटनगरमा जारी पाँचौँ इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगर हबले जितेको छ । नेपाल क्रिकेट फाउन्डेसनद्वारा विराटनगरमा आयोजित प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनल खेलमा विराटनगर हबले राजविराज हबलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव पाँच ओधरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो । राजविराजले ९८ रनको लक्ष्य पाएकामा छ विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।

प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’ र उत्कष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट बलरमा विराटनगरकी सुभेक्षा लिम्बु घोषित भएकी छिन् । यही चैत २७ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोलीसहित आयोजक एनसिएफ–११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी भएका थिए ।

कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, सङ्घका पूर्वकेन्द्रीय सदस्य जीना श्रेष्ठ र फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले विजेता एवं उपविजेता टोलीलाई ट्रफी र पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप