१० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडमाथि लिड्सको जित
सारांश
- लिड्स युनाइटेडले प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
- खेलको ५६औँ मिनेटमा डिफेन्डर लिसांद्रो मार्टिनेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको रोमाञ्चक खेलमा लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेडले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
खेलको सुरुवातमै लिड्सले आक्रामक प्रदर्शन गरेको थियो । खेलको ५औँ मिनेटमा नोआ ओकाफोरले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि २९औँ मिनेटमा ओकाफोरले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिड्सको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले ठुलो झट्का बेहोर्यो। खेलको ५६औँ मिनेटमा डिफेन्डर लिसांद्रो मार्टिनेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो । यद्यपि, १० खेलाडीमा सीमित भए पनि युनाइटेडले एक गोल फर्काउन सफल भयो । खेलको ६९औँ मिनेटमा कासेमिरोले गोल गर्दै खेलमा फर्कने आशा जगाएका थिए ।
तर, त्यसपछि थप गोल हुन सकेन र खेल लिड्सले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण