‘पहाड’ प्रदर्शनमा
सारांश
- तुलसी घिमिरेको निर्देशनमा बनेको नेपाली फिल्म 'पहाड' मंगलबारदेखि प्रदर्शनमा आएको छ ।
- फिल्मले बेरोजगारी, मानवविहीन हुँदै गएको पहाड र पानीको समस्या जस्ता गम्भीर सामाजिक विषयवस्तु उठाएको छ ।
- यस फिल्ममार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।
काठमाडौँ । मंगलबारदेखि नेपाली फिल्म ‘पहाड’ प्रदर्शनमा आएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर प्रदर्शनमा आएको फिल्मले बेरोजगारी, मानवविहीन रितिएको पहाड र पानीको समस्या लगायत विषयवस्तु उठाएको छ ।
वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित फिल्मको लेखन पनि घिमिरेले नै गरेका हुन् । पहाड सुन्दर ठाउँ भएको तथा आफूले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथामा फिल्म बनाएको निर्देशक घिमिरेले बताए ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रूपमा डेब्यु गरेकी छन् ।
फिल्ममा रञ्जित सिंह गजमेरको संगीत, उत्तम रसाइली प्रस्तुतकर्ता र सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण