सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रिल बनाउने चक्करमा युवतीले हराइन् ७० हजारको औँठी

मङ्गलबार, ०१ वैशाख २०८३, २० : ४४
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • भारतको पन्जाबमा इन्स्टाग्राम रिल बनाउने क्रममा एक युवतीले ७० हजार भारु पर्ने आफ्नो औँठी गुमाएकी छिन्।
  • स्टेडियममा भिडियो खिच्दा औँठी हावामा फालेकी युवतीले त्यसलाई समात्न नसक्दा औँठी भिडमा हराएको हो।
  • युवतीले औँठी नभेटिएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी छिन्।

पन्जाब । आजभोलि इन्स्टाग्राममा रिल बनाउन युवायुवतीमा बेग्लै धुन सवार हुने गर्छ । एउटा राम्रो इन्स्टाग्राम रिल बनाउन उनीहरूले हद पार गरिरहेका हुन्छन् । भ्युज र लाइकको लोभमा मानिसहरू प्रायः यस्तो काम गरिरहेका छन् कि त्यसले कहिलेकाहीँ पछुतोबाहेक केही दिँदैन । 

भारतमा यस्तै एउटा घटना भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को एउटा खेल चलिरहेका बेला एक युवतीले 'रिङ ट्रेन्ड' पछ्याउँदा उनलाई निकै महँगो सावित भएको छ । उक्त घटनामा उनले ७० हजार भारु क्षति भएको छ । 

यो घटना अप्रिल ११ मा महाराजा यादवेन्द्र सिंह पीसीए स्टेडियम मा खेलिएको सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबिचको खेलका क्रममा भएको हो । खचाखच भरिएको स्टेडियममा मधु प्रिया नामकी एक दर्शकले आफ्नो फोनबाट इन्स्टाग्रामको एउटा चर्चित 'रिङ ट्रेन्ड' नक्कल गर्ने प्रयास गर्दै थिइन् ।

यो ट्रेन्डमा क्यामेराको अगाडि आफ्नो औँठीलाई हावामा उचालेर फेरि समात्नुपर्छ । युवतीले रवाफका साथ आफ्नो ७० हजार रुपैयाँ भारु पर्ने औँठी हावामा त फालिन्, तर दुर्भाग्यवश उनले त्यसलाई समात्न सकिनन् । औँठी सिधै तल खस्यो र स्टेडियमको भिडमा कतै हरायो । 

मधु प्रिया आफैंले यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राम खातामा सेयर गरेकी छन् । भिडियोमा औँठी हातबाट फुत्किने बित्तिकै उनको अनुहारमा होस उडेको देख्न सकिन्छ । उनी तुरुन्तै आफ्नो सिटको वरिपरि र तल झुकेर त्यसलाई खोज्न थाल्छिन्, तर औँठीको कतै अत्तोपत्तो लाग्दैन । 

भिडियोको क्याप्सनमा आफ्नो पीडा व्यक्त गर्दै उनले लेखेकी छिन्, '७०,००० रुपैयाँको नोक्सान भयो । औँठी अहिलेसम्म भेटिएको छैन ।' साथै  उनले स्टेडियममा उपस्थित मानिसहरूलाई अपील पनि गरेकी छिन्, यदि कसैले त्यो औँठी भेट्टाए उसले उनलाई डाइरेक्ट मेसेज गरोस् । 

युवतीको यो ठुलो नोक्सान इन्टरनेटका प्रयोगकर्ताहरूका लागि भने हाँसोको विषय बनेको छ। प्रयोगकर्ताहरू यस 'रील ट्रेजेडी' माथि फरक–फरक रमाइला टिप्पणीहरू गरिरहेका छन् । एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, 'यही बहानामा अब कम्तीमा पूरा स्टेडियमको सरसफाइ त हुनेछ ।' 

अर्काले सल्लाह दिएका छन्, 'म्याडम, अर्को पटक औँलामा धागो बाँधेर रील बनाउनु ।' त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, 'लौ भाइ, पर्‍यो ७० हजार रुपैयाँको रील !' यद्यपि, केही मानिसहरूले सहयोगको प्रस्ताव पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप