प्रधानमन्त्रीले समानुपातिक सांसदहरूसँग भाेलि अन्तरक्रिया गर्ने
मङ्गलबार, ०१ वैशाख २०८३, २१ : ५७
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सङ्घीय संसद्का समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
- सिंहदरबारमा आयोजना हुने उक्त कार्यक्रममा सांसदहरूले आ-आफ्ना क्लस्टरका समस्या र समाधानका उपायबारे धारणा राख्नेछन्।
- यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माणलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले सबै पार्टीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने भएका छन् ।
कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्।
यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण