शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बुधबार, ०२ वैशाख २०८३, ०७ : १३
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
  • बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभाको संसदीय दलको नेता चयन प्रक्रिया र १५ औँ महाधिवेशनको तयारीबारे छलफल हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।

कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप