गाजामा इजरायली आक्रमण, १० जनाको मृत्यु
गाजा । गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चासहित १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
गाजामा अक्टोबर– १० देखि लागू भएको युद्धविरामको बाबजुद हिंसा जारी छ भने इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन् ।
हमास प्राधिकरण अन्तर्गत उद्धार सेवाको रूपमा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरमा प्रहरीको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएका छन् ।
विज्ञप्तिमा, गाजाको आन्तरिक मन्त्रालयलेसमेत इजरायली लडाकु विमानहरूले सहरको केन्द्रमा प्रहरीको गाडीलाई लक्षित गरी गरेको आक्रमणमा धेरै घाइते भएको बताएको छ । यसअघि सुरुमा उत्तरी बेत लाहिया क्षेत्रमा इजरायली गोली हानाहानमा अर्का एक जना व्यक्तिको मृत्यु भएको पनि उनले बताएका छन् ।
सेनाले बुधबार अघिल्लो दिन ट्रकमा हमास आतङ्ककारीहरू लाई प्रहार गरेको बताएको थियो । एएफपी फुटेजमा प्यालेस्टिनीहरू शवको वरिपरि भेला भएको देखाइएको छ जसलाई स्ट्रेचरमा राखिएको थियो र भग्नावशेषले घेरिएको सडकबाट अन्त्येष्टिको लागि लगिएको थियो ।
नागरिक सुरक्षा एजेन्सीले गाजा सहरको अल–सती शरणार्थी शिविरको चौराहा नजिकै मङ्गलबार भएको अर्को आक्रमणमा धेरै जनाको मृत्यु भएको जनाएको छ । अल–शिफा अस्पतालमा अल–शतीमा इजरायली बम विस्फोटबाट पाँच जनाको शव प्राप्त भएको पुष्टि भएको छ । सेनाले भने पछिल्लो आक्रमणको बारेमा तत्काल प्रतिक्रिया दिएको छैन ।
प्यालेस्टिनी हमास आन्दोलनको सन् २०२३ अक्टोबर– ७ मा इजरायलमा सीमापार आक्रमणबाट सुरु भएको दुई वर्ष पछि अक्टोबरमा युद्धविराम भएको हो । युद्धविराम लागु भएदेखि गाजामा कम्तिमा ७५७ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । इजरायली सेनाले यसै अवधिमा गाजामा आफ्ना पाँच जना सैनिक मारिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण