पद छाडेको २० दिन बित्दा पनि फेसबुकमा प्रधानमन्त्रीकै हैसियतमा सुशीला कार्की !
सारांश
- सुशीला कार्कीले पद हस्तान्तरण गरेको २० दिन बिते पनि उनको फेसबुक पेजमा अझै 'पीएम सुशीला कार्की' नाम यथावत छ।
- कार्कीले सोही पेजमार्फत नयाँ वर्ष २०८३ को शुभकामनासमेत दिएकी छिन्।
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक रूपमा पद हस्तान्तरण गरेको २० दिन भइसकेको छ ।
तर हालसम्म पनि कार्की फेसबुकमा प्रधानमन्त्रीकै हैसियतमा देखिएकी छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सुरु गरेका थिए।
तर, सामाजिक सञ्जाल फेसबुकमा अझै ‘पीएम सुशीला कार्की’ नै छ । यो समाचार तयार पार्दासम्म त्यो फेसबुक आइडी एक्टिभ नै छ । र हिजो मात्रै पोस्ट पनि गरिएको छ । त्यही आइडीबाट कार्कीले नयाँ वर्ष २०८३ को सबैमा शुभकामना दिएकी छन्।
कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले प्रधानमन्त्रीबाट बिदाबारी हुँदाको दिनमा नै आइडीबाट ‘पीएम’ हटाउन खोजिएको तर मेटा भेरिफाइड भएकाले ६० दिनसम्म हटाउन नसकिएको जानकारी दिए ।
‘हामीले प्रधानमन्त्रीबाट बाहिरिँदाको दिन नै आइडीबाट ‘पीएम’ हटाउन खोजेका थियौँ । तर मेटा भेरिफाइड भएकाले तत्काल हटाउन सकिएन । प्रक्रिया त्यसैदिन सुरु गरेका छौँ । प्रक्रियामा होला,’ रावलले रातोपाटीसँग भने, ‘तत्काल हटाउन नमिलेपछि कार्यकाल राखेका छौँ । यो आइडी उहाँको व्यक्तिगत जिमेलबाट खोलिएको हो ।’
अब मेटाले नै हटाउने रावलले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण