दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा
हिमालयन रि–इन्स्योरेन्सको कार्यालयबाट पनि कागजात जफत
बुधबार, ०२ वैशाख २०८३, १६ : ४१
सारांश
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ।
- अनुसन्धान टोलीले दुवै जनाको कार्यालय र हिमालयन रि-इन्स्योरेन्सबाट आवश्यक कागजात नियन्त्रणमा लिएको छ।
- सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल हाल विभागको हिरासतमा रहेका छन्।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ । भट्टको कार्यालय सानेपा र अग्रवालको लाजिम्पाटमा रहेको कार्यालयमा सम्पत्ति शुद्धीकरणबाट खटिएका अनुसन्धान अधिकृतहरूले छापा मारेका हुन् ।
दुवै जनाको कार्यालयबाट अनुसन्धानमा आवश्यक कागजात लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी हामीले केही कागजात नियन्त्रणमा लिएका छौँ ।’
विभागको टोलीले हिमालयन रि–इन्स्योरेन्सको कार्यालयबाट पनि कागजात जफत गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला शेयरधनी मध्येका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण