एलओडी फेरि विश्वकै उत्कृष्ट डिजे क्लबमा, ४०औँ स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लब बेलायतको प्रतिष्ठित म्यागजिन 'डिजे म्याग' द्वारा सन् २०२६ का लागि सार्वजनिक विश्वका उत्कृष्ट सय डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा उक्लिएको छ ।
डिजे म्यागले प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबिच प्रतिस्पर्धा गराई उत्कृष्ट सय क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ । यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए ।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकका लागि गौरवको विषयको रूपमा व्याख्या गरेका छन् । ‘‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने ।
उनले उत्कृष्ट सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रिकालीन मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि भएको बताए । ‘यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ,’ उनले थपे ।
कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवाको गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे । ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ । आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’ उनले स्पष्ट पारे ।
पर्यटन व्यवसायसँग सीधा सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ । मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।
यो सफलताले क्लबिङ अनुभवलाई व्यवस्थित र सभ्य बनाउन थप जिम्मेवारी प्रदान गरेको पनि कुँवरले बताए । एलओडी क्लबले यसअघि सन् २०२२ मा ५२ औँ, २०२३ मा ४९ औँ, २०२४ मा ५० औँ र २०२५ मा ४४औँ स्थान प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण