ललितकला दिवस मनाइयो
सारांश
- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकला दिवस मनायो र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्यो ।
- ललितकला दिवस यस वर्षदेखि नियमित रूपमा मनाइने भएको छ, कुलपति हार्तम्छालीले जानकारी दिए ।
- कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले ललितकलाको महत्वबारे चर्चा गरे र यसलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए ।
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ नक्सालमा ‘ललितकला दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रोमै समावेश गरेपछि यसपालि पहिलो पटक ललितकला दिवस मनाउन थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । प्रतिष्ठान स्थापना भएको दिनको अवसरमा मनाउन थालिएको यस दिवसलाई अब नियमित गर्नुपर्ने उनले बताए ।
विगतमा दिवसको अवसर पारेर राष्ट्रिय कला प्रदर्शनी हुँदै आएकामा पछिल्लो ३ वर्षदेखि गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेदेखि राष्ट्रिय कला प्रदर्शनी हुँदै आएकाले वैशाख २ गतेलाई ललितकला दिवसका रूपमा मात्रै बनाउन थालिएको कुलपति हार्तम्छालीले बताए ।
समारोहमा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लामो सङ्घर्षपछि प्रतिष्ठान स्थापना भएकाले यसको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरे । दिवसलाई ललितकला क्षेत्रकै उत्सवका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले ललितकलालाई महत्त्व नदिएको महसुस हुने गरेको बताउँदै राज्य संयन्त्रले महत्त्व प्रसारका लागि भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला दिवसको ऐतिहासिक पृष्ठभूमि तथा महत्त्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, पूर्वपदाधिकारीहरू, कलाकारलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण