टर्कीको विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु
सारांश
- टर्कीको एक माध्यमिक विद्यालयमा विद्यार्थीले चलाएको गोलीबाट ९ जनाको मृत्यु भएको छ ।
- गोलीकाण्डमा १३ जना घाइते भएका छन् भने आक्रमणकारीले आत्महत्या गरेका छन् ।
- टर्कीको न्याय मन्त्रालयले घटनाको अनुसन्धानका लागि सात सदस्यीय टोली गठन गरेको छ ।
अंकारा । टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् ।
घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको गभर्नर मुकेरेम अनलुरले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्यालयमा भएको यो लगातार दोस्रो दिनको गोलीकाण्ड हो ।
मंगलबार पनि एक पूर्व विद्यार्थीले आफ्नै पुरानो विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए । यसअघि टर्कीमा यस्ता प्रकारका विद्यालय गोलीकाण्ड अत्यन्तै दुर्लभ मानिन्थ्यो ।
यस घटनापछि टर्कीको न्याय मन्त्रालयले अनुसन्धानको निष्पक्षताका लागि समाचार प्रसारणमा अस्थायी प्रतिबन्ध लगाएको छ । साथै, न्याय मन्त्री अकिन गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि सात जना अधिकारी खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण