राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ। वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको तयारी सुरु गरेको हो।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय भइरहेको जानकारी दिएका हुन् ।
केन्द्रीय सचिवालयको आयोजनामा हुने यी समीक्षा बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुनेछन्। अध्यक्षसँगै पार्टीका अन्य केन्द्रीय पदाधिकारीहरू पनि सातै प्रदेशमा पुगेर समीक्षा बैठकमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।
प्रदेशस्तरमा हुने यी बैठकहरूमा व्यापक सहभागिता रहने आयोजकले जनाएको छ। बैठकमा सम्बन्धित प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षहरू, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अध्यक्षहरूका साथै हालैको निर्वाचनमा उम्मेदवार बनेका नेताहरू र जिल्ला निर्वाचन समितिका संयोजकहरूको उपस्थिति रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
-
वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण