तनहुँमा राष्ट्रिय कौराहा सम्मेलन सुरु
तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ ।
नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा ऋषिङ गाउँपालिका–१ झापुटारमा आयोजित सम्मेलन भोलि समापन हुनेछ ।
कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रवद्र्धन, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार, कौराहासम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदानका साथै नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको सङ्घका अध्यक्ष नन्दु मगरले बताए ।
कौराहा विशेषगरी ‘६ क’ सँग सम्बन्धित छ । कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने र वाद्यवादन यन्त्र कसरी बजाउने भन्ने आधारभूत पक्षबारे सम्मेलनमा सिकाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण