संसदीय दलको नेता चयनका लागि छलफल सुरु
शुक्रबार, ०४ वैशाख २०८३, १५ : २४
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न गठित समितिले सांसदहरूसँग औपचारिक छलफल सुरु गरेको छ।
- सहमति जुटाएर नेतृत्व चयन गर्ने उद्देश्यले सिंहदरबारमा सांसदहरूको धारणा संकलन गरिएको छ।
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउँदै गठन गरिएको समितिले छलफल सुरु गरेको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार कांग्रेसका सबै सांसदहरूसँग परामर्श तथा छलफल थालिएको हो । दलको नेता चयनका लागि आवश्यक सहमति जुटाउने उद्देश्यले उक्त छलफल अघि बढाइएको जनाइएको छ।
छलफलमा सांसदहरूको धारणा संकलन गर्दै नेतृत्व चयन प्रक्रियालाई निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । दलभित्र सहमति कायम गरी नेतृत्व चयन गर्ने प्रयासस्वरूप समिति सक्रिय रूपमा लागिपरेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण