प्रधानमन्त्री कपका सर्वाधिक विकेटकर्ता हेमन्त धामीको राष्ट्रिय टोलीमा पुनरागमन
सारांश
- प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हेमन्त धामीले नेपाली राष्ट्रिय टी-२० टोलीमा पुनरागमन गरेका छन्।
- सुदूरपश्चिम प्रदेशबाट खेल्दै २५ विकेट लिएका धामी घरेलु क्रिकेटको उत्कृष्ट लयका कारण टोलीमा समेटिएका हुन्।
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर हेमन्त धामीले नेपाली राष्ट्रिय टी–२० टोलीमा पुनरागमन गरेका छन्।
शुक्रबार मधेस प्रदेशमा सम्पन्न प्रधानमन्त्री कपमा सानदार बलिङ गर्दै कुल २५ विकेट लिएका धामी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। सुदूरपश्चिम प्रदेशबाट खेल्दै उनले आफ्नो धारिलो र किफायती बलिङको मद्दतले छनोटकर्ताहरूको ध्यान तान्न सफल भएका हुन्।
घरेलु क्रिकेटमा देखाएको यही उच्च लयका कारण उनलाई टी–२० फम्र्याटको राष्ट्रिय टोलीमा समावेश गरिएको छ । दायाँ हाते तीव्र गतिका बलर धामीले यसअघि नै नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा डेब्यु गरिसकेका छन्।
उनले करिब दुई वर्षअघि घरेलु मैदानमा क्यानडाविरुद्ध भएको शृङ्खलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका थिए। उक्त डेब्यु खेलमै धामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएर सबैलाई प्रभावित पारेका थिए ।
ओडिआईमा सानदार सुरुवात गरे पनि त्यसपछि टोली बाहिर रहँदै आएका धामीको यो पुनरागमनलाई नेपाली क्रिकेट वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण