अनाधिकृत संरचनामाथि चल्याे डोजर
शुक्रबार, ०४ वैशाख २०८३, १६ : २३
काठमाडौँ । काठमाडौँ महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।
महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए ।
उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे । केहि समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अव भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए।
महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अब कडाइका साथ कवाडी हटाइने जोशीले बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण