सन् २०२५ मा ९ सय रोहिंग्या शरणार्थीको मृत्यु
काठमाडाैँ । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा ९ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।
सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताएका छन् ।
युएनएचसीआरको तथ्याङ्कअनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उनले बताएका छन् । उनले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्याहरूमा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गरेका छन् ।
रोहिंग्याहरूले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कहरूद्वारा सञ्चालित डुङ्गाहरूमा यात्रा गर्ने गरेको जनाइएको छ । अधिकांश रोहिंग्या शरणार्थीहरू अनुमति दिए पछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उनले बताएका छन् ।
यसैबिच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरहरूमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीहरूलाई खतरर तिर धकेलेको उनले बताएका छन् ।
युएनएचसीआरको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा त्यस्ता सिमाहरू गर्ने प्रयास गर्नेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । केहि दिनअघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।
बङ्गलादेशी अधिकारीहरूले नौ जनालाई उद्धार गरिएको बताएका छन् । जहाज दुर्घटना हुँदा “अनुमानित २५० जना बेपत्ता“ भएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण