पोखरामा जुवा खेलिरहेका ९ जना पक्राउ, विदेशी मुद्रा बरामद
शुक्रबार, ०४ वैशाख २०८३, २१ : ३१
पोखरा । पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका २७ तालचोकस्थित हिमालीटोलबाट जुवा खेलिरहेको शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा हानेको थियो।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ६७ हजार ५ सय ६० नेपाली रुपैयाँ, १ हजार १ सय २१ अमेरिकी डलर, र २ सय ४० अष्ट्रेलियन डलर बरामद गरेको छ । साथै, खेलमा प्रयोग भइरहेको ४ बुक तास पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर मुद्दामा अनुसन्धान थालिएको सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए।
सबैलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
-
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य
-
पूर्वाधारदेखि एआईसम्म : बजेटको प्रभावकारितामाथि सांसद खुश्बु ओलीले उठाइन् प्रश्न
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण