शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

खड्का निवासमा देउवा पक्षको बैठक बस्दै

शनिबार, ०५ वैशाख २०८३, १२ : ५८
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको आज अनौपचारिक बैठक बस्दै छ।
  • पूर्णबहादुर खड्काको निवासमा बस्ने उक्त बैठकमा सर्वोच्च अदालतको पछिल्लो फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ।

काठमाडौँ । आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको छ ।  शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि  देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको हो । 

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्न लागेको बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

अदालतको फैसला पछि देउवा पक्षका केही नेताहरुले मिश्रित प्रतिक्रिया दिँदै आएका छन् । केही नेताले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकारेर आगामी १५ औं नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आएका छन् भने केहीले अदालतको फैसलालाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप