कटारी गोल्डकपको उपाधि जष्ट जोन नाइजेरियालाई
सारांश
- कटारी गोल्डकपको उपाधि जष्ट जोन नाइजेरियाले जित्यो, झापालाई हरायो।
- फाइनल खेलमा जष्ट जोनका खेलाडीले गोल गरे, झापा गोल गर्न असफल भयो।
- विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरियो।
उदयपुर । छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकपको उपाधि जष्ट जोन फुटबल क्लव, नाइजेरियाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा चात्यासा फुटबल क्लब झापालाई ४–० गोलअन्तरले हराउँदै जष्ट जोनले उपाधि कब्जा गरेको हो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा गत चैत २८ गतेदेखि जारी सो प्रतियोगिताको उपाधि कब्जा गर्दै जष्ट जोनले रु पाँच लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता झापाले रु तीन लाख पायो ।
फाइनल खेलमा जष्ट जोनका लागि पहिलो हाफमा ओलाओए डेभिट, सुनकानी सोयन्का र ऐना जोह्नले एक एक गोल गरेका थिए । दोस्रो हाफमा जष्ट जोनका लागि डेमोला हमजादले गोल गरे । झापाले खेल अवधिभर पटक पटक अवसर पाए पनि गोल गर्न भने सकेन ।
फाइनल खेलको म्यान अफ दी म्याचसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी जष्ट जोनका ओलाओए डेभिट, उत्कृष्ट डिफेन्डर झापाका विशाल भण्डारी, सर्वाधिक गोलकर्ता जष्ट जोनका डेमोला हमजाद र शलेस युथ क्लव, सिरहाका राज भुषाल, सर्वोत्कृष्ट गोलरक्षक जष्ट जोनका डोडो अलु र उदीयमान खेलाडी आयोजक कटारी–११ का रिसभ धामी घोषित भए ।
उनीहरुलाई जनही रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समितिका अध्यक्ष दिपक राईले बताए । विजेता, उपविजेतालाई कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण