मिस इन्डिया जितेपछि साध्वी सैल–बल्ल कठिन यात्रा सुरु भयो
सारांश
- गोवाकी साध्वी सैलले ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै ६१औँ मिस इन्डिया २०२६ को उपाधि जितेकी छन्।
- साध्वीले अब विश्वकै प्रतिष्ठित प्रतियोगिता मिस वर्ल्डमा भारतको प्रतिनिधित्व गर्नेछिन्।
मुम्बई । भारतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इन्डिया २०२६’को उपाधि गोवाकी साध्वी सैलले जितेकी छन् । शनिबार राति ओडिसाको भुवनेश्वरस्थित केआईआईटीमा आयोजित ६१औँ मिस इन्डिया प्रतियोगिताको भव्य समारोहमा उनले ३० जना सुन्दरी पछि पार्दै उपाधि चुमेकी हुन् ।
उपाधि जितेपछि निक्कै खुसी देखिएकी उनले संचारकर्मीसँग कुरा गर्दै सफलता सपना जस्तो लागेको प्रतिक्रिया दिएकी छन् । ‘म एकदमै आभारी छु कि मलाई यो अवसर मिल्यो । अब मेरो लक्ष्य विश्व मञ्चमा पुगेर देशलाई गौरवान्वित तुल्याउने छ ।’ साध्वीले आफ्ना प्रतिस्पर्धीहरूसँग बिताएको समयको स्मरण गर्दै भनिन्, ‘मेरा लागि आज सबै सखीहरू विजेता हुन् । हामीले सँगै निकै राम्रो समय बितायौँ र म अन्य साथीहरूको लागि पनि निकै खुसी छु।’
कुराकानीमा उनले युवाका लागि सन्देश पनि दिइन् । भनिन्, ‘तपाईँ जस्तो हुनुहुन्छ, त्यस्तै रहनुहोस् । तपाईंको वास्तविकता नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । सायद मैले आफ्नो भिजनलाई इमानदारीका साथ प्रस्तुत गरेकाले नै आज यो उपाधि पाएकी हुँ ।’
विजेता बनेसँगै साध्वीले अब विश्वकै प्रतिष्ठित प्रतियोगिता ‘मिस वर्ल्ड’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । यो प्रतियोगीताका लागि निकै उत्साहित रहेको बताएकी उनले आफ्नो कठिन (ठुलो) यात्रा सुरु भएको धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण