बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सामसङ नेपालद्वारा विशेष ‘माइक्रोवेभ मास्टर क्लास’ आयोजना

आइतबार, ०६ वैशाख २०८३, १४ : १७
आइतबार, ०६ वैशाख २०८३

काठमाडौँ । सामसङ नेपालले भान्साको कामलाई स्मार्ट र रमाइलो बनाउने उद्देश्यले विशेष ‘माइक्रोवेभ मास्टर क्लास’ सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकले सहभागीहरूलाई कुकिङ सीप सिकाएका थिए । 

मास्टर क्लासमा सामसङका सोलो, ग्रिलर कन्भेक्सन माइक्रोवेभ मोडलहरूको प्रयोग गरी कसरी पोषण र स्वाद कायम राख्दै विभिन्न परिकार बनाउन सकिन्छ भन्ने प्रत्यक्ष प्रदर्शन गरिएको थियो। 

शेफ उलकले छिटो खाना तताउनेदेखि ग्रिलिङ, बेकिङ र मल्टि(स्टेज कुकिङका विभिन्न तरिकाहरू प्रस्तुत गरेका थिए ।  यस कार्यक्रममा सहभागीहरूले सामसङ ‘स्मार्टथिङ्गस’ एपको प्रयोग गरी बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटर जस्ता उपकरणहरूलाई कसरी स्मार्ट तरिकाले नियन्त्रण गर्न सकिन्छ भन्ने अनुभव समेत गरेका थिए।

इनोभेटिभ किचन समाधानमार्फत ग्राहकलाई सशक्त बनाउने लक्ष्यका साथ आयोजना गरिएको यो कार्यक्रममा गृहिणी, प्रविधि प्रेमी र खाना पकाउन रुचि राख्नेहरूको उल्लेख्य सहभागिता थियो। 

सामसङका माइक्रोवेभहरू हाल देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप