हिम्मत छ भने पूर्णबहादुरलाई २४ घण्टाभित्र कारबाही गरेर देखाऊ : वीरबहादुर बलायर
सारांश
- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले लेटरप्याड दुरुपयोगको आरोपमा पूर्णबहादुर खड्कालाई कारबाही गर्न चुनौती दिएका छन्।
- बलायरले सानेपामा रहेका नेताहरूको भन्दा महाराजगन्जमा भेला भएका नेताहरूको पार्टीमा ठुलो योगदान रहेको दाबी गरेका छन्।
- उनले उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गगन थापाको निर्वाचन परिणामलाई लिएर कडा आलोचना गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।
शेरबहादुर देउवा समूहले आइतबार महाराजगन्जमा गरेको समूहको भेलामा बलायरले भने, ‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाऊ । कारबाहीसँग त्यसपछि परिणाम के हुन्छ, त्यो पनि भोग्न तयार हुनु ।’
पार्टीभित्र अहिलेसम्म गरेको सङ्घर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बलायरले बताए । ‘सानेपातिर फर्कँदा केहि छैन, जे छ यही छ,’ बलायरले भने ।
सानेपामा बसेकाहरूलाई थकाउन र गलाउन सक्ने ताकत आफूहरूसँग भएको बताउँदै बलायरले नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताए ।
उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ जमानत जफत भएको आरोप बलायरले लगाए ।
शर्माले आफू निर्वाचन नलडेर अरूलाई फसाएको बलायरको आरोप थियो । गगन थापा आफै निर्वाचनमा पराजित भएपछि बोली बन्द भएको बलायरको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण