राजनीति
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
आइतबार, ०६ वैशाख २०८३, १६ : ३१
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ ।
- कांग्रेस संसदीय दलले उपत्यका बाहिर रहेका सांसदहरूलाई वैशाख ७ गतेभित्र काठमाडौँ आइपुग्न सूचना जारी गरेको छ ।
- प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ जना सांसदहरू रहेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ ।
उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ ।
कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण