चेन्नईलाई ठुलो झट्का : आयुष म्हात्रे चोटका कारण बाहिरिने सम्भावना
सारांश
- आईपीएलमा चेन्नई सुपर किंग्सका युवा ब्याटर आयुष म्हात्रे ह्यामस्ट्रिङ चोटका कारण लामो समय मैदान बाहिर रहने खतरा बढेको छ।
- चेन्नईका ब्याटिङ प्रशिक्षक माइक हसीले म्हात्रेको चोट गम्भीर रहेको संकेत गर्दै स्क्यान रिपोर्टको प्रतिक्षा गरिरहेको बताएका छन्।
- पूर्व खेलाडी रविचन्द्रन अश्विनले चोटग्रस्त खेलाडीलाई मैदानमा खेलाएको भन्दै चेन्नई टोली व्यवस्थापनको आलोचना गरेका छन्।
चेन्नई। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा संघर्ष गरिरहेको चेन्नई सुपर किंग्सका भरपर्दा युवा ब्याटर १८ वर्षीय आयुष म्हात्रे बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटका कारण लामो समय मैदान बाहिर रहने खतरा बढेको छ। शनिबार राति सनराइजर्स हैदरावाद विरुद्धको खेलमा रन दौडने क्रममा उनलाई गम्भीर चोट लागेको हो।
इम्प्याक्ट प्लेयरका रूपमा मैदान छिरेका म्हात्रेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३० रन जोडेर टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। तर दोस्रो ओभरमा दुई रन लिने क्रममा अचानक उनको ह्यामस्ट्रिङमा समस्या आयो।
दुखाइका कारण उनले तुरुन्तै हेलमेट फुकालेर मैदानमै बस्नुपरेको थियो। फिजियो टोमी सिम्सेकले लामो समय उपचार गरेपछि उनी पुनः ब्याटिङ गर्न तयार त भए, तर अर्को बलमा आउट हुनुअघि उनले एक रन लिन निकै कष्ट भोग्नुपरेको थियो।
चेन्नईलाईका ब्याटिङ प्रशिक्षक माइक हसीले म्हात्रेको चोट गम्भीर रहेको संकेत गरेका छन्। म्हात्रेले यो सिजन अहिलेसम्म १७७.८७ को स्ट्राइक रेटमा २०१ रन बनाउँदै टोलीको सर्वाधिक सफल ब्याटर बनेका थिए।
हसीका अनुसार स्क्यान रिपोर्ट आएपछि मात्र उनी कति समय बाहिर रहनेछन् भन्ने प्रस्ट हुनेछ। यद्यपि, ह्यामस्ट्रिङ टियर निको हुन सामान्यतया ६ महिनासम्म लाग्न सक्छ, जसको अर्थ म्हात्रेको बाँकी सिजन समाप्त भएको मान्न सकिन्छ। म्हात्रेको अनुपस्थितिमा चेन्नईले अब उर्भिल पटेललाई मौका दिन सक्ने सम्भावना छ।
यसैबिच, चेन्नईका पूर्व खेलाडी रविचन्द्रन अश्विनले म्हात्रेको चोट व्यवस्थापनलाई लिएर क्लब प्रशासनको आलोचना गरेका छन्। आफ्नो युट्युब च्यानलमार्फत अश्विनले म्हात्रे पहिले नै घुँडामा पट्टी बाँधेर खेलिरहेको अवस्थामा उनलाई थप जोखिममा पार्नु स्तब्धकारी भएको बताए।
अश्विनले प्रश्न गरेका छन्, ‘जब खेलाडी लंगडाउँदै हिँडिरहेको थियो, तब उनलाई किन 'रिटायर्ड आउट' गराइएन?’ म्हात्रेलाई थप रन दौडाउन लगाएर उनको भविष्यमाथि खेलबाड गरिएको भन्दै अश्विनले सीएसकेको मेडिकल र म्यानेजमेन्ट टिमलाई लापरवाहको संज्ञा दिएका छन्।
हैदरावादसँगको उक्त खेलमा चेन्नई १० रनले पराजित भयो। चेन्नई हाल ६ खेलमा मात्र दुई जित निकाल्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
-
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
-
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
-
अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
-
अमेरिका-इरानबिचको युद्ध अन्त्य वार्तामा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण