घाँस-दाउरा गर्न गएका दम्पतीमाथि गैँडाको आक्रमण : श्रीमानको अवस्था गम्भीर
सारांश
- चितवनको भरतपुरमा घाँस-दाउरा गर्न गएका दम्पतीलाई गैँडाले आक्रमण गरेको छ।
- आक्रमणमा परी गम्भीर घाइते भएका ४३ वर्षीय युवराज महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
- उनकी श्रीमती रिकुमाया महतोको पनि सोही अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको छ।
चितवन । चितवनको भरतपुर महानगरपालिका-२८ मा गैँडाको आक्रमणबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन्। आइबार बिहान करिब साढे ६ बजे बर्दाहा मध्यवर्ती सामुदायिक वनमा घाँस-दाउरा गर्न गएका दम्पतीलाई गैँडाले आक्रमण गरेको हो।
घाइते हुनेहरूमा ४३ वर्षीय युवराज महतो र उनकी ३६ वर्षीया श्रीमती रिकुमाया महतो रहेका छन्। वनमा काम गरिरहेको अवस्थामा अचानक निस्किएको गैँडाले उनीहरूलाई आक्रमण गरेको थियो।
घटनालगत्तै उनीहरूलाई उद्धार गरी उपचारका लागि बिहान पौने ९ बजे भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको छ। अस्पतालका अनुसार युवराज महतोको अवस्था निकै गम्भीर छ। उनको अनुहार, पेट, छाती र खुट्टामा गहिरो चोट लागेको छ। उनकी श्रीमती रिकुमायाको भने बायाँ हातको पाखुरामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक नवराज जोशीको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। घटनास्थल दिव्यनगर प्रहरी कार्यालयबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण