जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प
सुनामीको चेतावनी जारी
सोमबार, ०७ वैशाख २०८३, १४ : ३९
सारांश
- जापानको उत्तरी तटीय क्षेत्र नजिक ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
- भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ।
टोकियो । जापानको उत्तरी तटीय क्षेत्र नजिकै सोमबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रमा सुनामी चेतावनी जारी गरेको छ ।
भूकम्प स्थानीय समयअनुसार साँझ करिब ४ः ५३ बजे सानरिकु तट नजिकै गएको बताइएको छ । यसको केन्द्र समुद्र सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
सरकारी समाचार संस्था एनएचकेले करिब ३ मिटर (१० फिट)सम्मको सुनामी आउन सक्ने चेतावनी दिएको थियो । आओमोरी प्रिफेक्चरबाट ३१ माइल पर सुनामीको लहर देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण