मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यूएईविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

सोमबार, ०७ वैशाख २०८३, १७ : ०२
सोमबार, ०७ वैशाख २०८३

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ । सोमबार घरेलु मैदानमा नेपालले ब्याटिङ राेजेकाे छ ।  दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्न लागेको हो ।

यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गर्न लागेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा आयोजना हुन लागेको यो ऐतिहासिक खेलमा नेपालको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । 

यसअघि टी–२० र एकदिवसीय (ओडीआई) दुवै फर्म्याटमा टोलीको नेतृत्व गरिरहेका रोहित पौडेललाई टी–२० को कप्तानीबाट विश्राम दिइएको छ । यो निर्णयसँगै नेपालले टी–२० र ओडीआईमा फरक–फरक कप्तानको नयाँ अभ्यास सुरु गरेको छ ।

दुई महिनाअघि भारतमा भएको टी–२० विश्वकप खेलेयता नेपालले पहिलो पटक यो फर्म्याटमा खेल्न लागेको हो । 

यो शृंखलालाई भविष्यका लागि नयाँ टी–२० टोली निर्माण गर्ने अवसरका रूपमा पनि हेरिएको छ, आज नयाँ खेलाडीहरूलाई पनि मौका दिइने सम्भावना छ ।

टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल भोलि यही मैदानमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप