यूएईविरुद्ध नेपालको ब्याटिङ सकिनै लाग्दा वर्षाले खेल प्रभावित
काठमाडौँ । यूएईविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल वर्षाले प्रभावित भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल स्थगित भएको हो ।
यसैबिच नेपालले ब्याटिङ गर्दै यूएईविरुद्ध कमजोर लक्ष्य प्रस्तुत गरेको छ । खेल रोकिँदा क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने थिए ।
नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाएका थिए। अन्य ब्याटरतर्फ कुशल भुर्तेलले १६, कुशल मल्लले १७, बसिर अहमदले ११ बलमा १४, अर्जुन साउदले १३ र सन्दीप जोराले ६ रन जोडे। भरपर्दा ब्याटर गुल्सन झा १ रनमा एलबीडब्ल्यू आउट भए। ६ बलमा १३ रन बनाएका नन्दन यादव सातौँ बलमा लङ सर्ट प्रहार गर्ने धुनमा आउट भए भने शेर मल्ल भने पहिलो बलमै क्याच आउट भएका थिए ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईसँग दुई खेलको टी–२० सिरिज खेलिरहेको छ।
यस खेलसँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गरेको छ । यो नेपालले फ्लडलाइटमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो । दुई महिनाअघि भारतमा भएको टी–२० विश्वकप खेलेयता नेपालले पहिलो पटक यो फर्म्याटमा खेलेको हो। आजको खेलबाट हेमन्त धामीले टी–२०आईमा डेब्यु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण