मुस्ताङमा १५ दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु
काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा आजदेखि ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८३’ सुरु भएको छ ।
सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन् । जसले आकर्षक पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कलाकारहरुले सो क्षेत्रमा १५ दिन बसेर ढुङ्गालाई मूर्तिमा ढाल्ने छन्।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने जानकारी दिए । उनले भने, “हामीले घरपझोङमा विभिन्न आकारका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”
कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताए । उनले भने, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला सिर्जना गर्नुहुने छ, यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका रहेको छ ।”
१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा ३० कलाकारको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण