इरान र पाकिस्तानका विदेशमन्त्रीबिच युद्धविराम र क्षेत्रीय स्थिरताबारे छलफल
सारांश
- पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दार र इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीबिच युद्धविराम र क्षेत्रीय स्थायित्वबारे टेलिफोन वार्ता भएको छ।
- दारले कूटनीतिक च्यानलमार्फत थाँती रहेका मुद्दा समाधान गर्दै यस क्षेत्रमा शान्ति प्रवर्द्धन गर्न निरन्तर वार्ताको आवश्यकतामा जोड दिएका छन्।
- दुवै विदेशमन्त्रीहरू आगामी दिनमा पनि निकट सम्पर्कमा रहन सहमत भएका छन्।
काठमाडौँ । अमेरिका र इरानबिच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि सहभागी हुन पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गरी सोमबार आग्रह गरेका छन् ।
विदेशमन्त्री दारले इरानी समकक्षी अराघचीसँग सोमबार कुराकानी गरी युद्धविरामका प्रयास तथा क्षेत्रीय स्थायित्वबारे छलफल गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको हो ।
टेलिफोनमार्फत् भएको कुराकानीका क्रममा दारले कूटनीतिक च्यानलमार्फत थाँती रहेका मुद्दाहरू समाधान गर्न र यस क्षेत्रमा शान्ति प्रवर्द्धन गर्न निरन्तर वार्ता र शीघ्र संलग्नताको आवश्यकतामा जोड दिए ।
दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पाकिस्तानी विदेश मन्त्रालयले मन्त्री दारलाई उद्धृत गरी जनाएको छ।
२४ घण्टाभन्दा कम समयमा दुई विदेशमन्त्रीहरूबिच भएको यो दोस्रो भेट हो । यो प्रयासले पाकिस्तानले क्षेत्रीय तनावको शान्तिपूर्ण समाधानलाई समर्थन जारी राख्दा तीव्र कूटनीतिक पहललाई प्रतिबिम्बित गर्दछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण