ट्रम्पले दबाब बढाइरहँदा क्युबा पुगे उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल
सारांश
- ट्रम्प प्रशासनको बढ्दो दबाबका बिच एक उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलले क्युबाको भ्रमण गरी त्यहाँका अधिकारीहरूसँग भेटवार्ता गरेको छ।
- उक्त भ्रमणमा आर्थिक सुधार, स्पेशएक्सको स्याटलाइट इन्टरनेट सेवा, र राजनीतिक बन्दीहरूको रिहाइलगायतका विषयमा छलफल भएको छ।
- क्युबाली राजदूतले सो भेटवार्ता सम्मानजनक र व्यावसायिक रहेको बताउँदै ऊर्जा नाकाबन्दी हटाउनु आफूहरूको मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन्।
हभाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि दबाब बढाइरहेका बेला एउटा उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलले हालै क्युबा पुगेर त्यहाँका सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेको छ । यो करिब एक दशकयताकै सबैभन्दा उच्चस्तरीय अमेरिकी भ्रमणमध्ये एक मानिएको छ, जुन क्युबामाथि जारी आर्थिक दबाब र सम्भावित सैन्य कारबाहीको चेतावनीबिच भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार उक्त प्रतिनिधिमण्डलले क्युबालाई समय सीमित हुँदै गएको भन्दै अमेरिकी समर्थन प्राप्त आर्थिक तथा राजनीतिक सुधारहरू लागू गर्न आग्रह गरेको थियो । ती सुधारहरूमा अर्थतन्त्र खुला बनाउने, निजी क्षेत्रको विकास गर्ने र विदेशी लगानी आकर्षित गर्ने विषय समावेश छन् । सन २०१६ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको ऐतिहासिक भ्रमणयता पहिलो पटक अमेरिकी सरकारी विमान क्युबामा अवतरण गरेको छ । यो भ्रमणलाई विशेष महत्वका साथमा हेरिएको छ ।
भेटवार्तामा क्युबामा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्पेशएक्सको स्याटलाइट इन्टरनेट सेवा ल्याउने प्रस्ताव, अमेरिकी नागरिक र कम्पनीहरूको जफत गरिएका सम्पत्तिको क्षतिपूर्ति, तथा राजनीतिक बन्दीहरूको रिहाइ र नागरिक स्वतन्त्रता विस्तार जस्ता विषय उठाइएको बताइएको छ । अधिकारीले प्रतिनिधिमण्डलका सदस्यहरूको विवरण दिन अस्वीकार गरेका छन् । उनीहरूले भ्रमणको क्रममा विदेश विभागका एक वरिष्ठ अधिकारीले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोका नातिसँग छुट्टै भेटेको उल्लेख गरेका छन् ।
क्युबा र अमेरिकी प्रतिनिधिमण्डलहरू बिचको बैठक हालै मात्र टापुमा भएको सोमबार एक शीर्ष क्युबाली अधिकारीले पुष्टि गरेका थिए । सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिकाका लागी क्युबाली राजदूत अलेजान्ड्रो गार्सिया डेल टोरोले बैठकलाई सम्मानजनक र व्यावसायिक भनेर वर्णन गरेका छन् ।
क्युबा विरुद्ध ऊर्जा नाकाबन्दी हटाउनु क्युबाली प्रतिनिधिमण्डलको लागि उच्च प्राथमिकता भएको उनले बताए । क्युबाली जनताले बाँच्न पाउनु पर्छ भन्दै माचको अन्त्यमा ट्रम्प प्रशासनले रुसी ध्वजाबाहक तेलको ट्या ङकराई क्युबा जमन दिएको थियो । ट्रम्पले बारम्बार क्युबामा पनि अमेरिकी सेनाले भेनेजुएलामा गरेजस्तै सैन्य कारबाही गर्न सक्ने भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण